सस्तोडिलमा लगानी गर्दै ई-कर्मस बजारमा प्रवेश गर्‍यो आईएमई ग्रुप


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सस्तोडिलमा लगानी गर्दै ई-कर्मस बजारमा प्रवेश गर्‍यो आईएमई ग्रुप

नेपालको ठूलो मध्येको एक व्यवसायीक घराना आईएमई ग्रुप ईकमर्स बजारमा प्रवेश गरेको छ । आईएमई ग्रुपले नेपालको लोकप्रिय ई-कमर्स कम्पनी सस्तोडिलमा लगानी गरेसँगै ईकमर्स बजारमा प्रवेश गरेको हो । 

बी सिरिजको फण्डरेज राउण्डमा सस्तोडिलले आईएमई ग्रुपबाट लगानी उठाएको हो । सस्तोडिलमा आईएमईले कति लगानी गर्‍यो त्यो भने खुलाइएको छैन् ।

सस्तोडिलमा यसअघि डोल्मा इम्प्याक्ट कोषले थप १ मिलियन डलर लगानी गरेको थियो । सस्तोडिलले भारतको इकमर्स कम्पनीले फ्लिपकार्टसँग पनि सहकार्य गरेको छ । जसले गर्दा  फ्लिपकार्टमा उपलब्ध भएका सामान सस्तो डिलबाट खरिद गर्न सकिन्छ । 

Read More