गुनासो लिन राष्ट्र बैंकको छुट्टै वेब पोर्टल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गुनासो लिन राष्ट्र बैंकको छुट्टै वेब पोर्टल

बैंक, वित्तीय संस्थाले व्यावसायिक मूल्य मान्यता र नियमअनुसार सेवा नदिएको खण्डमा सिधै नेपाल राष्ट्र बैंकमा गुनासो गर्न सकिने भएको छ। राष्ट्र बैंकले सर्वसाधारणको गुनासो लिन छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। 

राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक, वित्तीय संस्थार विभिन्न प्रकारका संस्था, एजेन्टबाट ग्राहकसँग निष्पक्ष, विश्वसनीय,र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गराउने र वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यले उक्त वेब पोर्टल सञ्चालनमा ल्याएको राष्ट्र बैंकको भनाइ छ।

Read More