महिना दिनमा बजारमा आउँदै अर्को मोबाइल वालेट पेटाइम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महिना दिनमा बजारमा आउँदै अर्को मोबाइल वालेट पेटाइम

मुलुकमा भुक्तानी सेवा प्रदायकहरुको संख्या वृद्धि भइरहेको बेला अर्को एक कम्पनी पनि बजारमा आउने भएको छ ।

नेपाल पेटाइमले ‘पेटाइम’ एपमार्फत मोबाइल वालेटको रुपमा आउन लागेको कम्पनीले जनाएको छ। अहिले परीक्षण अवधि सकिसकेको र महिना दिनभित्र प्रोडक्ट सार्वजनिक गर्न लागेको नेपाल पेटाइमका मार्केटिङ एण्ड सेल्स एक्ज्युकेटिभ कौस्तुभ रायमाझीले बताए ।

पेटाइम एप एन्ड्रोइड र  आईएसओ दुबै प्लेटफर्ममा उपलब्ध हुनेछ । पेटाइम पनि अन्य वालेट जस्तै भुक्तानी सेवा प्रदायक भए पनि यसमा केही नयाँ फिचरहरु रहेको रायमाझीको भनाइ छ । 

‘हामी अरु वालेट जस्तै हो तर हाम्रो एप डबल टोकन सिस्टममा छ,’ रायमाझीले भने, ‘अरु मोबाइल वालेटमा पैसा पठाएपछि धेरै समयसम्म नआउने वा कहिलेकाही पठाएको ठाउँमा पुग्दै नपुग्ने समस्या हाम्रोमा छैन।’

यो समस्या समाधान गर्न अन्य आइएसपीमा नभएको फिचर पेटाइममा रहेको उनले बताए। सन् २०१८ मै यसले अनुमति पाएको भए पनि अहिलेसम्म प्रोडक्ट सार्वजनिक गरेको छैन।

एक महिनाभित्र प्रोडक्ट सार्वजनिक गर्न लागेको र त्यसअघि यसको केही रिभ्युको लागि टेक्नोलोजी जानकारसँग फिडव्याक लिइरहेको उनले बताए। 

Read More