राष्ट्र बैंक मार्फत कसैलाई गुनासो पोख्नु छ ? अब अनलाइनमा गुनासो दर्ता गर्नुहोस


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंक मार्फत कसैलाई गुनासो पोख्नु छ ? अब अनलाइनमा गुनासो दर्ता गर्नुहोस

काठमाडौं । नेपाल राष्ट्र बैंकले  वित्तीय ग्राहकको हित संरक्षणकै लागि अनलाइन गुनासो दर्ता गर्ने प्रणाली विकास गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धीत गुनासाहरु अनलाइनबाटै दर्ता गर्ने ब्याबस्था मिलाएको हो ।  राष्ट्र र्बैकबाट इजाजतपत्ररअनुमति प्राप्त वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था र एजेन्टले ग्राहकसँग  साक्षतकार गर्न यो वेब पोर्टल सुरु गरेको हो ।

पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्नेरगराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ http://gunaso.nrb.org.np  पोर्टल सञ्चालनमा ल्याइएको छ ।

Read More