आगामी आवमा प्रदेश र स्थानीय सरकारलाई १ खर्ब ५२ अर्ब वित्तीय समानीकरण अनुदान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आगामी आवमा प्रदेश र स्थानीय सरकारलाई १ खर्ब ५२ अर्ब वित्तीय समानीकरण अनुदान

८ वैशाख, काठमाडौं । केन्द्र सरकारबाट आगामी आर्थिक वर्ष २०७८/७९ मा प्रदेश र स्थानीय सरकारलाई कुल १ खर्ब ५२ अर्ब ५१ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान जाने भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यसरी पाउने रकमको सिफारिस गरेको हो । सिफारिस भएको रकम चालु आर्थिक वर्षका लागि भने सिफारिसको तुलनामा केही बढी हो । चालु आवका लागि आयोगले वित्तयि समानीकरण अनुदानका लागि मात्र १ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गरेको थियो ।

केन्द्र सरकारबाट प्रदेश र स्थानीयलाई कुल चारवटा अनुदानमा रकम जान्छ । वित्तीय समानीकरण अनुदान शर्तविहीन अनुदान हो । जसलाई प्रदेश र स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रममा खर्च गर्न सक्छन् । अन्य तीन वटा अनुदान (सशर्त, विशेष र समपुरक) अनुदानमा भने राज्यलले कुनै न कुनै शर्त राखेको हुन्छ । जसलाई तल्लो सरकारले आफ्ना कार्यक्रममा खर्च गर्न पाउँदैनन् ।

यस्तो छ आव २०७८–७९ मा प्रदेश र स्थानीय तहलाई गरिएको सिफारिस

  • सात प्रदेशका लागि : ५७ अर्ब ९५ करोड ४८ लाख
  • ७५३ स्थानीय तहका लागि : ९४ अर्ब ५५ करोड ७८ लाख
  • कुल : १ खर्ब ५२ अर्ब ५१ करोड

स्थानीय सरकारले न्यूनतम ६ करोड ५० लाख पाउने

सरकारले स्थानीय र प्रदेश सरकारलाई प्रदान गर्ने अनुदानको सिफारिस गर्ने जिम्मेवारी आयोगले पाएको छ । आयोगको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट निर्माण गर्दा तल्लो सरकारले पाउने रकम सुनिश्चित गर्छ ।

आगामी आवका लागि स्थानीय तहले न्यूनतम ६ करोड ५० लाख रुपैयाँ पाउने गरी वित्तीय समानीकरण अनुदानको सिमा निर्धारण गरिएको आयोगले जनाएको छ । आयोगले यस्तो सिमा निर्धारण गर्ने विधि बनाएको छ । सोही विधिमा आधारित भएर न्यूनतम अनुदान र सुत्रमा आधारित अनुदान गरी सबै स्थानीय तहले कम्तीमा ६ करोड ५० लाख रुपैयाँ पाउने भएका हुन् । यो रकम चालु आवमा भएको सिफारिस बराबरकै हो ।

Read More
  • MBL - below news