वित्तीय साक्षरतामा रमेको नेपाली युवा फोब्र्सको सूचीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वित्तीय साक्षरतामा रमेको नेपाली युवा फोब्र्सको सूचीमा

वित्तीय साक्षरतामा रमेको एउटा नेपाली युवा यसपटक विश्व प्रसिद्ध फोब्र्स म्यागजिनको ३० वर्षुनिका प्रभावशाली युवाको सूचीमा पर्न सफल भएका छन् । सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका फिनलिट नेपालका संस्थापक प्रकाश कोइराला फोब्र्सको ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा परेका हुन् ।

मंगलबार सार्वजनिक गरिएको सूचीमा उनीसँगै ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह पनि प्रभावशाली युवाको सूचीमा परेकी छन् ।
गत वर्षझैं यसपटक पनि एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका हुन् । गत वर्ष चारजना नेपाली युवा उक्त सूचीमा परेका थिए ।

‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा एसियाका प्रभावशाली ३० वर्षमुनिका ३० युवाको सूचीमा परेका प्रकाश कोइराला आफू अब डिजिटल वित्तीय साक्षरतामा काम गर्ने बताउँछन् । वित्तीय समावेशीकरणको लागि वित्तीय साक्षरताको एकमात्र लक्ष्य बोकेर हिँड्दा कुनै समय नेपालमा काम गर्न गाह्रो भएकोले के गर्ने नगर्ने स्थितिमा पुगेका कोइराला फोब्र्सको एसियाका प्रभावशाली ३०–३०को सूचीमा परेपछि अब आफ्नो सहकार्य मजबुत बनाउँदै निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्ने लक्ष्यमा बल पुगेको बताउँछन् । “मेरो प्यासनले एकदिन त आफूलाई खान लाउन पुग्ने कमाउन सहयोग गर्ला नि ! म सपनाबाट बिपनामा बाचेको मान्छे हुँ,” उनी भन्छन् ।

Read More
  • MBL - below news