के हो लघुवित्त बैंकर्स संघ, के गर्छ काम ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के हो लघुवित्त बैंकर्स संघ, के गर्छ काम ?

नेपाल लघुवित्त बैंकर्स संघ नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर कारोबार गरिरहेका ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूको छाता संगठन हो । यो मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हो । ९ वटा लघुवित्त संस्था मिलेर गठन गरी २०६३ सालमा जिल्ला प्रशासन कार्यलय, काठमाडौँमा दर्ता भई नेपाल लघुवित्त बैैंकर्स संघ (Nepal Microfinance Banks Association NMBA)को स्थापना भएको हो । 

लघुवित्त संस्थाहरूबीच कार्यगत एकता कायम गरी अनुशासित रूपमा लघुवित्त सेवाहरूलाई प्रभावकारी एवम् दिगो बनाई विस्तार गर्ने, नीतिगत तथा संरचनागत समस्याहरूलाई न्यूनीकरणको लागि सहयोग गर्ने गर्दछ ।  लगानीकर्ताहरुको लगानी सुरक्षाको लागि सरकारले लागू गरेका मौद्रिक नीतिहरु कार्यान्वयन गर्न र जनता माझ लघुवित्त कार्यक्रमलाई प्रभावकारी रुपमा प¥ुयाउन संस्थाको स्थापना गरिएको हो । 

यस संघमा २०७७ असार मसान्तमा विद्यमान ८५ मध्ये ५५ वटा संस्थाहरू आबद्ध छन् । यस संस्थाको सदस्यताको लागि ‘घ’ वर्गका संस्थाहरूले जुनसुकै बेलामा आवेदन दिन सक्नेछन् । वार्षिक साधरण सभाबाट दुई वर्षे कार्यकालका लागि ११ सदस्यीय कार्यसमितिको गठन हुन्छ । संघको कार्यसमीतिको नियमित बैठक बसी लघुवित्त सम्बन्धी राष्ट्रिय नीति निर्माण तथा कार्यक्रम तर्जुमाका लागि पृष्ठपोषण प्रदान गर्ने, कार्यचित्र निर्माण गर्ने, लघुवित्त सुधारका लागि आवश्यकता अनुसारका कार्यक्रमहरू तर्जुमा गरी लागू गर्ने, सम्बन्धित विषयहरूमा नेपाल राष्ट्र बैंक लगायत अन्य नियमनकारी निकायहरूसँग  निरन्तर समन्वय र सम्पर्क गर्ने तथा लघुवित्त संस्थामा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, अन्तरक्रिया र अध्ययन भ्रमण आदि लगायतका कार्य सञ्चालन गर्दछ । 

Read More
  • MBL - below news