गाउँमा देखेको गरिबीले यसरी पुर्‍यायो फोर्ब्सको सूचीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गाउँमा देखेको गरिबीले यसरी पुर्‍यायो फोर्ब्सको सूचीमा

काठमाडौं । फोर्ब्सले हालै सार्वजनिक गरेकाे ३० वर्षमुनिका एसियाका ३० प्रभावशाली युवाहरुको सूचीमा नेपालका प्रकाश काेइराला पर्न सफल भएका छन् । २९ वर्षीय कोइराला फिनलिट नेपालका संस्थापक हुन् ।

उनी ‘फाइनान्स एण्ड भेन्चर क्यापिटलः इन्फ्ल्युन्सिङ हाउ मनी फ्लोज इन एसियाज इकोनोमी’ विधाअन्तर्गत उक्त सूचीमा परेका हुन् ।

१७ वर्षको कलिलो उमेरमा उनले भोगेको एक घटनाले आज उनलाई यो सफलतासम्म डोर्याएको छ । १२ वर्षअघि दसैं मनाउन आफ्नो पुरानो गाउँ पुग्दा उनले जे देखे, त्यहीँबाट उनले नयाँ अठोट लिए ।

‘मेरो पढाइ काठमाडौंमा थियो,’ कोइराला भन्छन, ‘तर, दसै सधैं गाउँमै (दोलखा, पावटी) मनाउँथ्याैं ।’

उनी त्यतिबेलाकाे घटना सम्झदै भन्छन, ‘गाउँमा नजिककै सानो भाइ थियो । राम्रो आर्थिक अवस्था नहुँदा उसको घरमा सँधैजसो झगडा हुने, छोरा छोरीलाई कुट्ने यस्तै घटना हुन्थे । त्यो दिन पनि त्यस्तै घटना भयो । याे घटना र त्यो भाइले आर्थिक अवस्थाका कारण सानो उमेरमा झेल्नुपरेको दु:खले मलाई धेरै नै छोयो ।’

त्यतिबेला यदि वित्तय शिक्षा हुने हो र राष्ट्रको वित्तीय प्रणालीमा समावेशिता ल्याउन र वित्तीय साक्षरतालाई बढाउन कार्यक्रम गर्नसक्ने भएको भए यस्ता समस्या आउँदैन थियो कि भन्ने उनको मनमा लागेको थियो ।

उनी भन्छन, ‘म पण्डितको घरमा हुर्किएको मान्छे । हजुरबुवाले अरुलाई सिकाएको, पढाएको देखेको थिएँ । हाम्राे परिवार शिक्षित छ भने अरु परिवारलाई पनि शिक्षित बनाउन सक्छ भन्ने लाग्याे ।’

Read More
  • MBL - below news