काठमाडौं । मास्टरकार्डले ८५ करोड डलर (एक खर्ब रूपैयाँभन्दा बढी) मूल्यमा एकता कम्पनीलाई अधिग्रहण गरेको छ । एकताको प्रविधि प्रयोग गरी आफ्नो आईडेन्टिटी भेरिफिकेसन प्रविधिलाई बलियो बनाउन मास्टरकार्डले पछिल्लो अधिग्रहण गरेको हो ।
आजको समयमा एकताको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस अर्थात् एपीआई र टुलहरुलाई विभिन्न मर्चेन्ट, मार्केटप्लेस र वित्तीय कम्पनीहरुले प्रयोग गर्दछन् । एकताको प्लेटफर्मले आर्टिफिशियल इन्टेलिजेन्स प्रदान गर्दछ, जसले रिस्क स्कोरिङ, इन्डिकेटर्स तथा डेटा एट्रिब्युट्सलाई बढाउँछ ।
नयाँ अधिग्रहणपछि मास्टरकार्डको डिजिटल आईडेन्टिटी तथा सुरक्षा फ्रेमवर्क पनि बलियो हुने अपेक्षा गरिएको छ । एकताले ठगी रोक्न आईडेन्टिटी फेरिफिकेसन सेवाहरु समेत प्रदान गर्दछ ।





