नेपाल राष्ट्र बैंकले पहिलो पटक गुनासो व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ। राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधिमा भएको ब्यबस्था अनुसार यस्तो प्रणालीको सुरुवात गरेको हो।
राष्ट्र बैंकले ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने÷गराउने कार्यको सुनिश्चितताको लागि गुनासो व्यवस्थापन मार्फत वित्तीय ग्राहकको हित संरक्षण गर्न कार्यविधि जारी गरेको थियो । जस अनुसार ग्राहकले बैंक तथा वित्तीय संस्था बिरुद्द गुनासो गर्न सक्ने छन् ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र/अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था/एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न राष्ट्र बैंकले गुनासो र्पोटल निर्माण गरेको हो ।
कसरी गर्ने गुनासो ?
राष्ट्र बैंकले सुरु गरेको http://gunaso.nrb.org.np/ मा गई LOG A COMPLAINT मा गई आफ्नो नाम, ठेगाना, इमेल, गुनासोको आधर, गुनासोको विषय, र गुनसोको विषय खुलाई गुनासो दर्ता गर्न सकिने छ । गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त हुनेछ । गुनासो दर्ता नं. द्वारा पेश गरिएको गुनासोको स्थिती थाहा पाउन सक्नेछ । दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेल मार्फत जानकारी गराइने राष्ट्र बैंकले जनाएको छ ।
कस्तो गुनासो गर्ने ? ...




