क्रिप्टोकरेन्सी तीब्र गतिमा वृद्धि हुँदै, २० खर्ब डलरको बजार मूल्य


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्रिप्टोकरेन्सी तीब्र गतिमा वृद्धि हुँदै, २० खर्ब डलरको बजार मूल्य

मेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको छ । डिजिटल मुद्रा क्वाइनबेस न्यूयोर्कमा मंगलबार सूचीकृत हुँदैछ । १२ वर्षअघि स्थापित क्वाइनबेसको सफलताका बारेमा एएफपीले अनुसन्धान गरेको छ । 

 

बिटक्वाइन

विश्वव्यापी वित्तीय संकटको उभार चलिरहेको अवस्थामा सन् २००८ अक्टोबर ३१ मा एक–दुई जना अज्ञात व्यक्तिहरु, जसलाई सातोशी नाकामोतोको काल्पनिक नामबाट चिनिन्थ्यो । उनीहरुले बिटक्वाइनका बारेमा श्वेतपत्र प्रकाशन गरे । श्वेतपत्रमा भनिएझैं यसको मुख्य लक्ष्य नै भुक्तानीको एउटा चलायमान र बिना अवरोधको विद्युतीय साधन निर्माण गर्नु थियो ।

यस्तो भुक्तानीलाई देशका केन्द्रीय बैंक वा वित्तीय संस्थाको निगरानीबाट सुरक्षित राख्ने अर्को लक्ष्य थियो । यस्तो कारोबारलाई सफ्टवेयरबाट नियमन गर्ने बनाइयो जहाँ यसका नियमलाई परिवर्तन गर्न लगभग असम्भव हुन्थ्यो । कुनै पनि व्यक्तिले नयाँ बिटक्वाइन आफ्नो बनाउन सक्थ्यो र यसका लागि विशाल तथ्यांक केन्द्रको जरुरत हुन्थ्यो । 

Read More