स्पर्सलाई प्राप्ति गरेको ग्लोबल आईएमई लघुवित्तले यही वैशाख ८ बाट एकीकृत कारोबार गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
स्पर्सलाई प्राप्ति गरेको ग्लोबल आईएमई लघुवित्तले यही वैशाख ८ बाट एकीकृत कारोबार गर्ने

काठमाण्डौ । स्पर्स लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यही वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। दुवै लघुवित्तले प्राप्ति प्रक्रियासम्बन्धी गत गत पुस २९ गते अन्तिम सम्झौता भएको थियो। त्यसपछि दुवै संस्थाको गत पुस २७ गते नै सम्पन्न आआफ्नो साधारणसभाबाट यो प्राप्ति प्रक्रियालाई अनुमोदन गरेका थिए।

नेपाल राष्ट्र बैंकले भने गत चैत १० गते र कम्पनी रजिस्ट्रारको कार्यालयले गत चैत २७ गते दुवै लघुवित्तको यो प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिएका थिए। 

Read More