सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् । कार्यकाल सकिन २ महिना भन्दा बढी अवधि बाँकी रहँदै गुरुङले बोर्डमा राजीनामा बुझाएका हुन् ।
सीईओ गुरुङले अप्रिल ३० अर्थात् बैशाख १७ गतेसम्म मात्रै बैंकका रहने गरी चैत १ गते नै राजीनामा बुझाएका हुन् । बोर्डमा राजीनामा बुझाएका सीईओ गुरुङलाई बैंक सञ्चालक समितिले भने थप एक कार्यकाल बैंकमा रहन अनुरोध गरेको छ ।
‘बैंकले अहिले राम्रो प्रगति गर्दै गएकाले थप एक कार्यकाल (४ वर्ष) यहीँ रहनुस् भनेर बोर्डले भनेको छ, तर उहाँ (सीईओ गोविन्द गुरुङ) कार्यकाल थप गर्ने मनस्थितमा देखिनुहुन्न’ स्रोतले भन्यो ।







