नविल बैंक लिमिटेडले 'नविल स्मार्ट बैंक एप'मा कार्ड इन्टिग्रेसनको सेवा दिन शुरू गरेको छ ।
आफ्ना ग्राहकहरूलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले सो सुविधाको सुरुवात गरेको हो ।
बैंकले यस सुविधा शुरु गरेसँगै अब ग्राहकहरूले आफ्नो कार्डको जानकारी लिन बैंक जानु नपर्ने भएको छ ।
यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता तथा कार्ड मार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्ट बैंक एपद्वारा नै लिन सकिनेछ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरूको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरूमा उपलब्ध गराएको छ ।





