क्यूआर कोडमार्फत भुक्तानी गर्नेको संख्यामा वृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्यूआर कोडमार्फत भुक्तानी गर्नेको संख्यामा वृद्धि

वैशाख १, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको छ । 

गत महीनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा रू. ३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र रू. ३४ करोड ३० लाख बढीको कारोबार भएको छ ।

गत माघमा रू. एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा रू. दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो । यसैगरी, गत माघ महीनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा ६ लाख ३५ हजार ७३८ पटक कारोबार भएको छ । 

पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महीनाको तुलनामा माघ महीनामा मात्र अनलाइनमार्फत रू. १० अर्ब बढीको कारोबार भएको छ । 

कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार ...

Read More