खातामा पैसा नआए चेकमार्फत भुक्तानी लिन ब्रोकरको आग्रह, साउन १ देखि नयाँ टीएमएस


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
खातामा पैसा नआए चेकमार्फत भुक्तानी लिन ब्रोकरको आग्रह, साउन १ देखि नयाँ टीएमएस

काठमाडौं : सेयरको बिक्री गरेको रकम प्रणालीमार्फत भुक्तानी हुन नसकेमा सम्बन्धित ब्रोकर कार्यालयबाट चेक मार्फत भुक्तानी लिन लगानीकर्तालाई सेयर ब्राकरहरुले अनुरोध गरेका छन् । ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै टी प्लस टु पश्चात लगानीकर्ताको विवरण अद्यावधिक नभएका वा प्रणालीसँग सम्बन्धित अन्य कुनै कारणले गर्दा समयमा नै भुुक्तानी प्रणालीमार्फत रकम प्राप्त गर्न नसकेको अवस्थामा ब्रोकर कार्यालयमा गई चेकको माध्यम बाट भुक्तानी लिन आग्रह गरेको हो ।

 

पछिल्लो समय लगानीकर्ताका अधिकांश गुनासाहरु सम्वोधन गरिएपनि धितोपत्र तथा रकम भुक्तानीमा आजका दिनमा पनि केही गुनासाहरु आउने गरेको ब्रोकरहरुले जानकारी गराएका छन् । आफ्नो स्वामित्व तथा नियन्त्रणमा नरहेका प्रणालीहरुको प्रयोग गरी भुक्तानी गर्नपर्ने, त्यस्ता प्रणालीहरुमा बारम्बार समस्या आउने, प्रणाली प्रयोग गर्ने समयमा रहेका पावन्दी र सामान्य समस्या समधान गर्न पनि अन्य निकायमा लामो समयसम्म भर पर्नुपर्ने हुँदा धितोपत्र तथा रकम भुक्तानीमा नचाहँदानचाहँदै पनि विलम्ब हुने गरेको ब्रोकरहरुको भनाई छ । 

 

धितोपत्र भुक्तानी सम्बन्धि  समस्या समधान गर्न व्यावसायी र सीडीएस एन्ड क्ल्यिरिङ लिमिटेडको सयुक्त पहलमा प्रणालिको विकास गरी परिक्षणको क्रममा रहेको पनि विज्ञप्तिमा उल्लेखछ । निकट भविश्यमै यो प्रणाली सञ्चालनमा आउने र धितोपत्रको भुक्तानीसँग सम्बन्धित लगानिकर्ताका गुनासाहरु पूर्ण रुपमा समधान गर्न सकिने ब्रोकरहरुको भनाई छ ।

आधिकारिक प्रतिनिधि तथा सब–ब्रोरकको माध्यमबाट देशका हरेक क्षेत्रमा दोस्रो बजार विस्तार गर्न र मार्जिन टे«डिङ, लगानी परामर्श, लगानी व्यवस्थापन र इन्ट्रा डे कारोबार जस्ता थप सेवाहरु प्रवाह गरी बजारलाई थप गति प्रदान गर्ने तिब्र इच्छा रहेको एसोसिएसनले जनाएको छ ।
 

साउन १ गतेदेखि नयाँ टीएमएस ल्याउने योजना, के–के हुनेछन् विशेषता ?

Read More