साउनबाट १० भन्दा बढी देशमा प्रयोग भईरहेको टिएमएस प्रयोगमा ल्याउने तयारी, यस्ता छन् विशेषता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साउनबाट १० भन्दा बढी देशमा प्रयोग भईरहेको टिएमएस प्रयोगमा ल्याउने तयारी, यस्ता छन् विशेषता

सबै पक्षको उचित सहयोग भएमा शेयर लगानीकर्ताहरुले आगामी साउन १ गतेबाट नयाँ टिएमएसबाट कारोबार गर्न पाउने भएका छन् । ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसियनले ब्रोकरहरुको संयुक्त पहलमा १० भन्दा बढी देशमा प्रयोग भईरहेको टिएमएस ल्याउनको लागि सम्झौता भई काम अगाडी बढिसकेको जनाएको हो । 

संघका अनुसार चुस्त दुरुस्त सेवा प्रवाह गर्न, कारोबारमा निहित जोखिम ब्यबस्थापन गर्न , लगानीकर्ताले बेहोरिरहेका समस्या अन्त्य गर्न, १० भन्दा बढी राष्ट्रमा प्रयोग भईरहेको टिएमएस ल्याउन खोजिएको हो । सम्बन्धित पक्षको उचित सहयोग भए साउन १ देखि यो प्रयोगमा आउने संघले जनाएको छ ।

संघका अनुसार हाल उक्त प्रणालीलाई localization र customization गर्ने काम भईरहेको छ । उक्त प्रणालीमा multi assest, multi exchange trading paltform रहेकोले शेयर, डिबेन्चर, बोन्ड, डेरीभेटिभ, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एकभन्दा बढी स्टक एक्सचेन्जमा वा डेरीभेटिभ एक्सचेन्जमा एक साथ गर्न सकिने संघले जनाएको छ । यसको मोबाइल एप पनि रहेकोले लगानीकर्तालाई थप सहज हुने संघले उल्लेख गरेको छ । 

संघका अनुसार प्रणालीमा stop loss, take profit, after market order, algorithmic वा high frequency trafing जस्ता आदेश ब्यबस्थापन विशेषता छन् । अर्थतन्त्र, बजार तथा सुचिकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालीमा तथ्यांकहरु राखिने र लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने ब्यबस्था रहेको संघले जनाएको छ । 

Read More