घर बनाउँदा सोचेभन्दा बढी खर्च हुन नदिन के गर्ने?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घर बनाउँदा सोचेभन्दा बढी खर्च हुन नदिन के गर्ने?

हामीले घर बनाउँदा प्रायःजसो सोचेको वा निर्धारित बजेटभित्र बनेको पाउँदैनौं। बजेट अभावकै कारण सोचेको समयमा फिनिसिङ गर्न नसकेका उदाहरण प्रशस्तै भेटिन्छन्। विभिन्न निर्माण कम्पनीले गरेको अध्ययनले यो प्रमाणित गरिसकेको छ।

अनुमानित बजेटभित्र बन्यो कि बनेन भनेर भर्खरै घर बनाइसकेका आफन्त वा छिमेकीलाई पनि सोध्न सक्छौं। 

उसो भए बजेटभित्र घर निर्माण कसरी सक्ने? वा के-कस्ता कारणले बजेटभित्र निर्माण सकिँदैन? नयाँ घर बनाउँदै गर्दा यी प्रश्न महत्वपूर्ण हुन्छ।

त्यसो त कुनै पनि ठूला काम गर्दा बजेटभन्दा धेरै नै खर्च हुन्छ। सोचेभन्दा दुई–चार प्रतिशत बढी आउनु स्वाभाविक हो। तर आवासीय घर बनाउँदा अनुमानितभन्दा ५० प्रतिशतसम्म बढी खर्च हुनु स्वाभाविक होइन।

निजी घर निर्माण कम्पनी 'मेरो घर'का संस्थापक तथा इञ्जिनियर विपीन गैरेले हामीलाई बजेटभित्र घर सक्न अपनाउनुपर्ने सजगताबारे आठ चरणमा जानकारी दिएका छन्ः

१. घर बनाउने स्थानः

घर बनाउने निर्णय लिँदै गर्दा सबभन्दा पहिले जग्गाको स्थिति ख्याल गर्नुपर्छ। आफ्नो जग्गा भएको स्थानमा तुरुन्तै घर बनाउन सकिन्छ वा सकिन्नबारे धेरैले ख्याल गर्दैनन्।

'जग्गा किन्न पुग्ने पैसा हुनासाथ मेरो पनि जमिन हुने भयो भनेर धेरैजसो उत्साहित हुन्छन्। त्यो खुसीमा कस्तो जग्गा किन्ने, मेसोमा पर्दैन,' इञ्जिनियर गैरे भन्छन्, 'उस्तै परे त्यो जग्गामा घर बनाउन पर्छ भन्ने भुल्छौं। जग्गाको प्लटले बजेट घटाउने वा बढाउने निश्चित गर्छ। तर हामी यस्तो कुरा ख्यालै गर्दैनौं।' 

आफ्नो तुलनामा आफन्तको उस्तै घर सस्तोमा बनेको भए आफू ठगिएको महशुस गर्ने गैरे बताउँछन्। आफन्तको घर सस्तोमा बनेको मात्रै याद आउँछ। तर कसरी सस्तो भयो वा आफ्नो कसरी महँगो पर्न गयो भन्ने प्रश्नको उत्तर नभेटिन सक्छ। यसले घरको बजेट मात्रै होइन, घरधनीको तनाव पनि बढाउँछ। 

मोहडा नमिलेको, मुख्य बाटोले नछोएको, बाटोभन्दा तल परेको वा धेरै भिरालो, कमलो माटो भएको जग्गाले घर बनाउँदा खर्च बढाइरहेको हुन्छ। 

'किन्ने बेलामा ध्यान नदिनेहरूले घर बनाउँदा बल्ल जग्गा नमिलेको, बाटो तल परेको जस्ता समस्या भोग्न थाल्छन्,' गैरेले भने, 'अहिले पाँच लाख बढी खर्चेर राम्रो जग्गा पाइन्छ भने घर बनाउँदा दस लाख कम हुन सक्छ। तर अहिले पाँच लाख सस्तो जग्गा लिए घर बनाउँदा जग्गा मिलाउनै दस लाख खर्चिनु पर्ने हुन सक्छ।' 

उनी अगाडि थप्छन्, 'संरचनामा १५ लाख बढी खर्च आयो भने बुद्धिमानी भएन। जग्गा रोज्दा पछि खर्च गर्न नपर्ने गरी रोज्नु पर्छ।'

२. केका लागि घर?

अवश्य पनि घर सुरक्षा, सहजता र आवश्यकता हेरेर बनाइन्छ। चाहना र आवश्यकता ख्याल गर्न नसक्दा घर बनाइसकेपछि चित्त नबुझ्ने हुन्छ। त्यसैले परिवार संख्या हेरेर कति तला वा कोठाको चाहिएको हो, निश्चित गर्नुपर्छ। ...

Read More
  • MBL - below news