नाईहरुको व्यवसायिक विकासमा प्राइम बैंंकको साथ, डिम्याट खाता पनि खोलिदिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नाईहरुको व्यवसायिक विकासमा प्राइम बैंंकको साथ, डिम्याट खाता पनि खोलिदिने

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले नाईहरुको छाता संगठन नेपाल नाई ट्रेड युनियनसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।  समझदारी पत्रमा युनियनको तर्फबाट केन्द्रिय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका हुन् । 

सम्झौता मार्फत हातमा सिप भएका व्यक्तिहरुलाई स्वावलम्बी बनाई उनीहरुको पेशालाई व्यबसायीकरण गर्ने उद्देश्यले उक्त छाता संगठनका सम्पुर्ण बैंकिङ सेवा सुविधा एकै ढोकावाट उपलव्ध गराउने लक्ष्य बैंकले राखेको छ । बैंकले सदस्यहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवम् अस्पताल भर्ना वीमा लगायतका सुविधाहरु पनि प्रदान गर्नेछ । समझदारी अनुसार बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीहरुको प्राइम बैंकमा संस्थागत, व्यवसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्नेछ । व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यहरुलाई भने बैंकले पहिलो वर्ष निशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेविट कार्ड, परिवारका २ जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ ।

Read More
  • MBL - below news