स्वदेशमै नेटवर्क स्थापना गरी राष्ट्र बैंकले भुक्तानी कार्ड ल्याउने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
स्वदेशमै नेटवर्क स्थापना गरी राष्ट्र बैंकले भुक्तानी कार्ड ल्याउने

स्वदेशमै स्वीच स्थापना गरी नेपाल राष्ट्र बैंकले भुक्तानी कार्ड ल्याउने तयारी गरेको छ। 

स्वदेशमै स्वीच स्थापनापछि कार्डधनीको व्यक्तिगत विवरण बाहिरिनबाट जोगिनेछ भने नेटवर्क प्रयोगवापत बाहिरिने रकममा पनि कमी आउनेछ।

यसबारे अध्ययन गर्न राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसिएचएल)लाई जिम्मा दिएको छ। 

‘प्रारम्भिक रुपमा स्वीच स्थापनाका लागि चाहिने पूर्वाधारको बारेमा अध्ययन भइरहेको छ’ एनसिएचएलका सिइओ निलेशमान सिंह प्रधानले भने ‘अध्ययनबाट गरिएका निचोडहरु राष्ट्र बैंकलाई जानकारी गराउँदै आएका छौँ।’ 

हाल अधिकांश बैंकहरु विदेशी नेटवर्कमा आवद्ध छन्। तिनै नेटवर्कमा आवद्ध रही भिसा, युनियन पे, मास्टर कार्ड जारी गर्दै आएका छन्। बैंकहरु विदेशी नेटवर्कमा आवद्ध हुँदा नेटवर्कवापत शुल्क समेत बुझाउनुपर्छ। यसले करोडौं रकम बाहिरिने गरेको छ। 

Read More