किसान र उपभोक्ताका लागि मोबाइल एपमै निःशुल्क 'हाट-बजार'


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
किसान र उपभोक्ताका लागि मोबाइल एपमै निःशुल्क 'हाट-बजार'

तपाईं आफ्ना कृषिजन्य उत्पादन नबिकेर चिन्तित हुनुहुन्छ? या कृषि फर्म खोल्न जग्गा, खेती गर्न चाहिने मेसिन खोजिरहनुभएको छ? ताजा फलफूल-तरकारी सस्तोमा कता पाइन्छ भनेर अलमल हुनुहुन्छ कि?

किसान र उपभोक्ताका रूपमा यस्तै समस्या छन् भने तपाईंले यसको समाधान मोबाइल एप 'हाट-बजार' मा पाउन सक्नुहुनेछ।

ट्राभहिल डट कमका सञ्चालक द्रोण श्रेष्ठ र विश्व खनालले हालै यो एप सञ्चालनमा ल्याएका हुन्। कृषि उत्पादन खरिद–बिक्री हुने यो एपले किसान र उपभोक्ताबीच पुलको काम गर्ने कम्पनीको भनाइ छ।

लकडाउनमा बजार बन्द हुँदा किसान र उपभोक्तालाई परेको समस्याले यो एपको आइडिया फुरेको हो। कम्पनीका पब्लिक रिलेसन अफिसर सुजल श्रेष्ठका अनुसार किसानलाई इ-कमर्श प्लेटफर्ममा जोड्ने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो।

Read More