एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ बनेका खालिङ को हुन् ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ बनेका खालिङ को हुन् ?

१६ महिनापछि कार्यकारी भूमिकामा 'कमब्याक'

२४ चैत, काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको पहिलो नेपाली सीईओको रुपमा खालिङ सीईओ नियुक्त भएका हुन् । पञ्जाव नेशनल बैंक, भारतको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा यसअघि भारतीय नागरिकहरु नै सीईओ नियुक्त हुने गरेका थिए ।

हाल सीईओ रहेका गजेन्दर कुमार नेगी पनि भारतीय नागरिक नै हुन् । एभरेष्ट बैंक सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरे पनि पदभार ग्रहण गरेका छैनन् । उनलाई आगामी साता बैंकको सीईओको रुपमा पदभार ग्रहण गराउने बैंकको तयारी छ । कहिलेदेखि जिम्मेवारी ग्रहण गर्ने भन्ने विषयमा भने अर्को सातामात्रै जानकारी प्राप्त हुने खालिङले बताए ।

खालिङले एभरेष्ट बैंकको प्रथम नेपाली सीईओ भएर इतिहास मात्रै रचेका छैनन्, सञ्चालकपछि सीईओ हुने कमैमा समेत उनी परेका छन् ।

सामान्यतया बैंकको कर्मचारीको रुपमा लामो समय काम गरेका व्यक्ति सञ्चालक समितिमा जाने गरेका छन् । तर, सञ्चालक समितिबाट खालिङले कार्यकारी नेतृत्व लिने छन् । उनी लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको पदावधि पुरा गरेर बाहिरिएका थिए ।...

Read More
  • MBL - below news