बिगत केहि दिन देखि मेरो सेयरको स्तरोन्नती हुन लागेको भन्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मेरो सेयरमा समस्या आउन सक्ने भन्दा सूचना जारी गरिरहेको छ ।
गत मंगलबार सिडिएस ले मेरो सेयरमा थप सर्भरहरु जडान गर्नुपर्ने भएकाले केहि समय सेवा अवरुद्ध हुने भन्दै सुचना प्रकाशित गरेको थियो । सोहि दिनबाट देखिएको मेरो सेयरको समस्या आज सम्म पनि पुर्ण रुपमा समाधान हुन सकेको छैन ।
मेरो सेयरमा समस्या देखिँदा शुक्रबारबाट बिक्रि खुल्ला गरेको सिंगटी हाइड्रोको आईपिओमा आवेदन दिन लगानीकर्ताहरुले धेरै नै सास्ती व्यहोर्न परिरहेको छ । आज आवेदन दिने अन्तिम दिन सम्ममा पनि मेरो सेयर राम्रोसंग नचलेका कारण आवेदन दिन नपाउँदाको पिडा लगानीकर्ताहरुले सामाजिक सञ्जाल मार्फत व्यक्त गरिरहेको देखिन्छ ।
मेरो सेयरमा आएको समस्याका कारण आइपिओमा आवेदन दिने लगानीकर्ताहरु मात्र नभएर दोस्रो बजार कारोबार गर्नेहरुले पनि हैरानी व्यहोरीरहेका छन् । सेयर बिक्रि गरेको भोलिपल्ट सम्ममा आफँले बिक्रि गरेको सेयरको EDIS ट्रान्सफर गर्नु पर्ने व्यबस्था छ ।





