सिभिल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ११ स्थित करदाता सेवा कार्यलयमा सञ्चालनमा आएको छ ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकको उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले गरे ।
सो समारोहमा ओखलढुङ्गा जिल्लाका सहायक प्रमूख जिल्ला अधिकृत मनिता कार्की, नेपाली सेनाका श्री अरिदमन् गणका गणपति महा–सेनानी विशाल सिंह, नेपाल प्रहरीका ओखलढुङ्गा जिल्लाका प्रमुख गोविन्द पौडेल, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमूख युगल किशोर न्यौपाने, कर दाता सेवा कार्यालयका प्रमुख कोसालेन्द्र रिजाल, उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष घनेन्द्र कुमार मास्केलगायतको उपस्थिति रहेको थियो ।








