काठमाडौं : करोडौं फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डाटा अनलाइनमार्फत लिक भएको छ । एक ह्याकिङ फोरममार्फत झण्डै ५३ करोड ३३ लाख फेसबुक प्रयोगकर्ताको फोन नम्बर, पूरा नाम, ठेगाना तथा इमेल आइडीसमेत लिक भएको हो । सुरक्षा सम्बन्धी अनुसन्धानकर्ताहरुले फेसबुक प्रयोगकर्ताको उक्त तथ्यांक ठगी कार्यमा प्रयोग हुन सक्ने चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ह्याकिङ फोरमका एक प्रयोगकर्ताले शनिबार करोडौं फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण निःशूल्क सार्वजनिक गरेका थिए । लिक भएको डाटामा विश्वका १०६ देशहरुका ५३ करोड ३३ लाख फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी समावेश रहेको छ ।





