काठमाडौं । बैंक वित्तीय संस्थाहरुबीचमा निक्षेप तानातान भइरहेका बेलामा बचत खातामा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा सिभिल बैंक परेको छ । गत दुई महिनाको निक्षेप संकलनको तथ्यांकका आधारमा सिभिल बैंकले १०.४३ प्रतिशत बचत खातामा निक्षेप वृद्धि गर्दै २७ वटा बाणिज्य बैंकमध्येमा पहिलो नम्बरमा देखिएको हो ।
त्यस्तै ७.०१ प्रतिशत बचत खाताको रकम वृद्धि गर्दै प्राइम कमर्शियल बैंक रहेको छ । त्यस्तै, तेस्रो नम्बरमा कुमारी बैंक, त्यसपछि सनराइनज, एनएमबि, ग्लोबल, सिटिजन, सिद्धार्थ, कृषि विकास सेञ्चुरी, नबिल, स्ट्याण्डर्ड चार्टर्ड रहेका छन् ।








