मेरो शेयरमा सँधै समस्या, सीडीएस र एफ वान सफ्ट एकअर्कालाई देखाउँदै पन्छिए


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेरो शेयरमा सँधै समस्या, सीडीएस र एफ वान सफ्ट एकअर्कालाई देखाउँदै पन्छिए

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो शेयरमा देखिएको समस्या अझै समाधान भएको छैन । मेरो शेयरमा बारम्बार 'लग इन'मा समस्या आउने गरेको छ। हुँदाहुँदा अब  मेरो शेयरको एप नै नखुल्ने जस्ता समस्या आएपछि आम लगानीकर्ताहरु समस्यामा परेका छन् ।

समस्या समाधान गर्न मेरो शेयरको २ वटा सर्भर थपिसकिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य बताऊँछन् । तर, आम लगानीकर्ताको दु:खमा भने कमी आएको छैन। धेरै लामो समयसम्म ३२ लाख भन्दा बढी शेयर बजारका लगानीकर्ताहरु मारमा परेपनि जिम्मेवार निकायमा भने आवश्यक चासो देखिएको छैन । सर्भर स्टल हुँदै गरेकाले अझै सर्भरलाई डाटा भेरिफाइ गर्न समय लाग्ने सफ्टवेयर भेन्डर एफ वान सफ्टले बताएको सीइओ आचार्य बताउँछन् ।

Read More