एनएमबिका ग्राहकलाई एएसजी आँखा अस्पतालमा सहुलियत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबिका ग्राहकलाई एएसजी आँखा अस्पतालमा सहुलियत

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने भएको छ। 

उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोडमध्ये कुनै पनि माध्यमबाट ग्राहक तथा कर्मचारीहरुले भुक्तानी गर्दा सर्जरीमा र आँखा सम्बन्धि कुनैपनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने बैंकले प्रेस विज्ञप्ती मार्फत् जानकारी गराएको छ। 

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ।

Read More
  • MBL - below news