चीनबाटै एटीएमको साँचो, ह्याकिङको ठूलो योजना विफल भएको प्रहरीको दाबी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चीनबाटै एटीएमको साँचो,  ह्याकिङको ठूलो योजना विफल भएको प्रहरीको दाबी

काठमाडौं । काठमाडौँ महानगरपालिका–२७ स्थित ज्याठामा एकजना चिनियाँ नागरिक मेगा बैङ्कको एटीएम बुथमा छिरे । तर, त्यहाँ उनले कार्डबाट पैसा झिकेनन् । बरु, साँचो निकालेर मेशिन नै खोल्न थाले ।

यता, बैङ्कका सुरक्षा गार्डको आँखा सीसी क्यामेरामा थियो । चिनियाँ नागरिकले मेशिन खोल्न थालेपछि उनले महानगरीय प्रहरी वृत दरबारमार्गमा फोन गरेर भने, ‘विदेशी नागरिकले एटीएम लुट्दै छन् ।’

महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेल र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसी तत्काल घटनास्थलमा पुगे ।  त्यतिबेला चिनियाँ नागरिक वाङ जियाओलो एटीएम मेशिनको सिरियल नम्बरको फोटो खिचिरहेका थिए । जियोओलोलाई प्रहरीले पक्राउ गर्यो । मेशिन खोल्ने साँचोबारे सोध्दा उनले जवाफ दिए, ‘चीनबाट साँचो लिएर आएको थिएँ, साँचो छिराएँ मेशिन खुल्यो फोटो पठाउन भ्याएको छैन ।’

‘पैसा झिक्नेभन्दा सिरियल नम्बरको फोटो चीनमा पठाउने उनको मुख्य उद्देश्य देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीसँग भने–‘नक्कली साँचो कसरी बनाए भन्नेबारे अनुसन्धान गरिरहेका छौँ ।’...

Read More