नविल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ ।
आर्थिक वर्ष २०७५/ २०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गरेको आधारमा उक्त सम्मान गरिएको बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो ।
विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो ।
मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।
पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौं पटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नोतर्फबाट सरकारलाई योगदान पु¥याएकोमा गर्व महसुस गरेको जनाएको छ ।
बैंकले व्यापार प्रबर्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको छ ।




