प्रभु क्यापिटलको आयोजनामा शेयर बजार सम्बन्धि तीन दिने तालिम सम्पन्न


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु क्यापिटलको आयोजनामा शेयर बजार सम्बन्धि तीन दिने तालिम सम्पन्न

चैत १९, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको आयोजनामा बिहीवार त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धि तीन दिने प्राविधिक विश्लेषण वर्कसप तथा  तालिम सम्पन्न भएको छ ।

उक्त वर्कसप तथा तालिममा उक्त विश्वविद्यालयमा अध्ययनरत करीब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

उक्त वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेका थिए । 

Read More
  • MBL - below news