फाइभजी सेवा : एक वर्ष निशुल्क, चलाउन नयाँ मोबाइल चाहिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फाइभजी सेवा : एक वर्ष निशुल्क, चलाउन नयाँ मोबाइल चाहिने

काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक फाइभजी परीक्षणको स्वीकृती पाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षण गर्न एक वर्षको लागि अनुमति दिएको हो ।  

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले नेपालमा फाइभजी परिक्षण गर्न आवश्यक परेकाले नेपाल टेलिकमलाई एक वर्षसम्म देशैभरी परिक्षणका लागि दिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।  

समितिले फाइभजी परिक्षण टेलिकमलाई दिएपनि हालसम्म कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउने भनेर निर्धारण भने नभएको प्रवक्ता पौडेल बताउछन् । उनले भने, ‘नेपालमा फाइभजी सञ्चालनको तयारी गर्नका लागि नेपाल टेलिकमलाई रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले दिएको छ तर, कुन रेडियो फ्रिक्वेन्सीमा उक्त फाइभजी सेवा सञ्चालन गर्ने भन्ने निर्णय भने भएको छैन ।’  

Read More