काठमाडौं : माया खोला हाइड्रोपावरले सर्वसाधारणलाई २४ लाख कित्ता आइपीओ बिक्री गर्ने भएको छ । आइपीओ जारी गर्नका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्झौतामा दुवै पक्षबीच हस्ताक्षरसमेत भइसकेको छ ।
यसमा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।






