मर्जरको बहानामा सेयरबजारमा चलखेल बढेपछि फरक रणनीतिमा राष्ट्र बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मर्जरको बहानामा सेयरबजारमा चलखेल बढेपछि फरक रणनीतिमा राष्ट्र बैंक

मर्जरलाई लिएर सेयरबजारमा चलखेल बढेपछि यस बिषयमा उचित नीति लिन राष्ट्र बैंक भित्र नयाँ कोणबाट बहस सुरु भएको छ। पछिल्लो समय सेयरबजारमा चलखेल गर्नेहरुको लागि मर्जर बलियो हतियार बनेकाले राष्ट्र बैंक भित्र यस्तो आवाज उठेको हो। 

मर्जरको समाचारले सेयर मुल्य प्रत्यक्ष रुपमा प्रभावित हुने भएकाले अन्तराष्ट्रिय अभ्यासलाई आधार मानेर नेपालमा पनि मर्जरको नीति अख्तियार  गर्नुपर्ने सुझाव गभर्नर महाप्रसाद अधिकारीलाई दिईएको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

"मर्जरको बिषयलाई लिएर सेयरबजारमा धेरै चलखेल भएको छ, हामीले बस्तुस्थितिलाई नजिकबाट नियालेका छौं" राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले बिजपाटीलाई भने, "मर्जर मै लैजानुपर्ने भए अमेरिका लगायतका देशको अभ्यासलाई पालना गरौँ भनेर गभर्नरलाई सुझाव दिएका छौं।"

अमेरिकामा फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, फेडरल रिजर्भ, अफिस अफ कन्ट्रोलर जस्ता नियमन निकायहरुले त्यहाँका बैंकहरुलाई नजिकबाट नियमन गरिरहने र आवश्यकताअनुसार आन्तरिक रुपमा नै मर्जर तथा प्राप्तिको लागि निर्देशन दिने तर सार्वजनिक रुपमा चर्चा नगर्ने अभ्यास रहेको र त्यो अभ्यासलाई नेपालले पनि पालना गर्नुपर्ने तर्फ राष्ट्र बैंकमा बहस सुरु भएको ति अधिकारीको भनाई छ। 

Read More