अमेरिकी टेक्नोलोजी जाएन्ट माइक्रोसफ्टले आगामी ३ वर्षभित्रमा थप ५० हजार जनशक्तिलाई प्रविधिसँग सम्बन्धित क्षेत्रमा जागिर दिनेछ र त्यस्ता जनशक्तिको छनोटचाहिँ सोसल मिडिया प्लाटर्फम लिंक्डइनमार्फत् हुनेछ ।
कोरोना भाइरस महामारीका कारण रोजगारीमा असर परेका जनशक्तिहरुलाई सहयोग गर्न माइक्रोसफ्टले प्रोफेसनल नेटवर्किङ साइट लिंक्डइनको सहयोगमा ५० हजारलाई नयाँ रोजगारी दिने भएको हो ।
माइक्रोसफ्टका प्रडक्टहरु प्रयोग गर्दा बिक्री गर्ने विभिन्न कम्पनीहरुमा उनीहरुले जागिर पाउनेछन् । कम्पनीहरुले प्रविधि सीपलाई प्राथमिकता दिनेछन् र कामदारहरुलाई नयाँ क्षेत्रमा जानका लागि पनि सहयोग गर्नेछन् । सुरुआतमा यो कार्यक्रम अमेरिकामा मात्र केन्दि्रत रहने र अर्को वर्षदेखि विश्वका अन्य देशमा पनि विस्तार गरिने बताइएको छ ।
लिंक्डइनको सीप विकास कार्यक्रम
कोरोना महामारीको लकडाउनका कारण व्यवसायहरु नराम्रोसँग प्रभावित बनेसँगै माइक्रोसफ्टले गत वर्षबाटै उक्त कार्यक्रम सुरु गरेको थियो । महामारीका कारण स्वेतपोषी तथा प्रविधि क्षेत्रका कामदारहरु जसले घरबाटै पनि काम गर्न सक्दथे उनीहरुको तुलनामा कार्यक्षेत्रमै जानुपर्ने सर्भिस वर्करहरु बढी प्रभावित बने ।





