काठमाडौँ, चैत १८ गते । नेपाल राष्ट्र बैङ्कले ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न स्वीकृति दिएपछि विभिन्न बैङ्कहरूले धमाधम ई–कार्ड सञ्चालनमा ल्याउन थालेका छन् ।
सन्राइज बैङ्कले डिजिटल बैङ्किङअन्तर्गत सन्राइज ई–कार्ड सञ्चालनमा ल्याएको जनाएकोे छ । त्यस्तै एनआईसी एसिया बैङ्कले पनि एक प्रेस विज्ञप्ति जारी गरी यस्तो सेवा सञ्चालनमा ल्याएको छ । यसअघि नबिल बैङ्कले यो सेवा सञ्चालनमा ल्याइसकेको छ । डलर कार्ड जारी गर्ने क्रममा ग्लोबल आईएमई बैङ्कले ‘ग्लोबल इकम डलर कार्ड’ नाम दिएर डलर कार्ड जारी गरेको छ ।
माछापुच्छ«े बैङ्कले एमबीएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ । बैङ्कमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर पाँच बराबरको कार्ड प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड (एनआईबीएल) ले पनि ‘एनआईबीएल भी–प्रिपेड इन्टरनेसनल कार्ड’ नाम दिएर सेवा सुरु गरेको छ । भर्चुअल कार्डमार्फत ग्राहकले अमेरिकी डलर बराबरको नेपाली मुद्रामा परिवर्तन गर्न सक्ने जनाएको छ ।
पाँच सय अमेरिकी डलर एक वर्षका लागि भएको भन्दै बैङ्कले ग्राहकका लागि ३५ दिन ३५ प्रतिशत छुट सुविधा पनि ल्याएको छ ।





