डिजिटल मुद्रा अर्थात क्रिप्टो करेन्सीको चर्चा पछिल्लो वर्ष अत्याधिक बढेको देखिन्छ । चीनले आफ्नै डिजिटल करेन्सी प्रचलनमा ल्याउन प्रयोग शुरु गरिसकेको छ । यता, हाम्रो अर्को छिमेकी भारतले पनि अघिल्लो साता मात्रै आफ्नो आधिकारिक डिजिटल मुद्रा प्रचलनमा ल्याउनेबारे औपचारिक अध्ययन शुरु गरिसकेको छ । युरोपमा डिजिटल युरो ल्याउनेबारे अध्ययन लगभग पुरा गरेर यसै वर्षको मध्यसम्ममा जारी गर्ने तयारी समेत थालिएको छ ।
नेपालमा पनि केहि समय अघि बिट क्वाइन लगायतका क्रिप्टो करेन्सीको कारोबार भइरहेको भनेर त्यसलाई रोक्न प्रहरीको अनुसन्धान विभाग नै सक्रिय बनेको थियो । जसका कारण केहि कारोबारीको भागाभाग नै भयो । नेपालमै डिजिटल करेन्सी माइनिङ गरिरहेको अवस्थामा केहि वर्ष अघि ‘हाइस्फेसिकेसन’ सहितका कम्प्युटर र त्यसलाई सञ्चालन गर्ने केहि व्यक्तिहरु समेत पक्राउ परेका थिए ।





