डिजिटल बैंकिङका चार अवरोध : आफैँ बदलिएर खोजौँ समाधान


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल बैंकिङका चार अवरोध : आफैँ बदलिएर खोजौँ समाधान

सरकार विद्युतीय भुक्तानी प्रवर्धनमार्फत भौतिक मुद्रामाथिको निर्भरता घटाउने अभियानमा छ । नेपाल राष्ट्र बैंकको यो अभियानमा बैंक तथा वित्तीय संस्थाहरू आक्रामक रुपमा लागिरहेका छन् । तर, बैंक तथा वित्तीय संस्थामा चेक वा पैसा बोकेर घण्टौँसम्म लाइनमा बस्ने प्रचलन कायमै छ । किन त ? जनसाधारणमा जागरण नआएसम्म, उनीहरूले विद्युतीय भुक्तानीको ज्ञान हासिल गरी त्यसको व्यावहारिक कार्यान्वयनमा अभ्यस्त नभएसम्म, यसलाई दैनिक जीवनको अङ्ग नबनाएसम्म सेवाप्रदायक, नियामक निकाय, सरकार, सञ्चारमाध्यम वा अन्य कुनै पक्षले जति नै जोड गरे पनि भौतिक मुद्रामाथिको निर्भरतालाई निरुत्साहित गर्न सकिँदैन । सरकारको ‘विद्युतीय भुक्तानीमय समाज’ अभियान कार्यान्वयनका क्रममा देखिएका प्रमुख समस्याका आधारमा यहाँ यस महाअभियानका चुनौती तथा तिनको समाधानका उपायहरू औँल्याउने प्रयास गरिन्छ ।

अभियानका चुनौती र समाधान

१. वित्तीय साक्षरताको कमी
नेपाली समाज पछिल्लो समय निकै शिक्षित बनिसकेको छ, तर वित्तीय साक्षरताको दृष्टिले भने अझै पनि अनपढप्रायः नै छ । वित्तीय क्षेत्रमा संलग्न व्यक्तिहरूका अतिरिक्त केही प्रतिशत व्यक्ति मात्र वित्तीय क्षेत्र र त्यससँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकार छन् । तसर्थ, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरी भौतिक मुद्रामाथिको निर्भरता घटाउन सर्वप्रथम सहरदेखि ग्रामीण क्षेत्रसम्म वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रम तय गरी तिनको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ । यसको कार्यान्वयनमा सञ्चारमाध्यम तथा सामाजिक संघ–संस्थाको भूमिका महत्त्वपूर्ण बन्न सक्छ ।

Read More