दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेप्सेमा सूचीकृत दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (चैत १७ गते) मंगलबार अन्तिम दिन हो। आजसम्म नेप्सेमा कारोबार भइका कायम आरम्भ चौतारी लघुवित्त र उन्नती सहकार्य लघुवित्तका शेयरधनीहरुले यी लघुवित्तका साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३१ गते, मंगलबार पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले गत असार मसान्तसम्ममा कायम चुक्ता पूँजीको ८.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै आरम्भ चौतारी लघुवित्तले बिपिडब्लु लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थालाई १००ः९५ः९५ अनुपातमा प्राप्त गर्ने विशेष प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

त्यस्तै, एक्विजिशनपश्चात लघुवित्तको शेयर स्वमित्व संस्थापकको ६८.३० प्रतिशत र सर्वसाधारणको ३१.७० प्रतिशत रहने, सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

Read More
  • MBL - below news