डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशिल कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ । सहकारी तथा माइक्रोफाइनान्स्लाई पनि डिजिटल भुक्तानीमा जोड्ने उदेश्यले सम्झौता भएको हो ।
सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने‘ अहिले पनि ९० प्रतिशत भन्दा धेरै रकम क्यासमा कारोबार भइरहेको छ । यसलाई डिजिटल बनाउन सहकरी र माईक्रोफाइनान्स्को भूमिका ठुलो रहेको छ । यो सहकार्यले डिजिटल इकोनोमी बनाउने अभियानमा ठुलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ ’।




