तीनै तहको कारोबार डिजिटल हुने, छुट्टै आन्तरिक लेखापरीक्षक परिचालन गरिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तीनै तहको कारोबार डिजिटल हुने, छुट्टै आन्तरिक लेखापरीक्षक परिचालन गरिने

काठमाडौं । तीनै तहका सरकारी कारोबारको भुक्तानी विद्युतीय प्रणालीबाट हुने भएको छ । आगामी वर्ष सार्वजनिक सेवा उपयोगीताका क्षेत्रसहित स्थानीय तहमा समेत लागू हुनेगरी सरकारका तीन तहमा हुने सरकारी कारोबारहरूको भुक्तानी विद्युतीय भुक्तानी प्रणाली मार्फत हुने व्यवस्था गरिने भएको हो  । 

शुक्रबारकाठमाडौंमा सम्पन्न सार्वजनिक वित्त व्यवस्थापन राष्ट्रिय गोष्ठी २०७७ ले विभिन्न १३ बुँदे प्रतिबद्धता जारी गर्दै गरेको छ । महालेखा नियन्त्रक कार्यालयले सङ्घीय सञ्चित कोष, प्रदेश सञ्चित कोष र स्थानीय सञ्चित कोषको लेखांकन तथा प्रतिवेदन तयार गर्ने कामसमेत विद्युतीय प्रणालीबाटै गर्ने निर्णय गरेको छ । 

यो प्रणाली लागू गरेपछि  तीन वटै तहका सरकारको सञ्चित कोषको अवस्था स्वचालित माध्यमबाट रियल टाइममा प्राप्त गर्न सकिने भएको छ । साथै प्रदेश सरकारअन्तर्गतका निकायले उठाउने राजस्व रकमसमेत केन्द्रीय राजस्व व्यवस्थापन सूचना प्रणालीसँग आबद्ध गर्ने निर्णयसमेत महालेखाले गरेको छ ।

Read More