नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको शेयरमा लगानी वृद्धि


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको शेयरमा लगानी वृद्धि

चैत १३, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाले फागुन महीनाको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् ।

नबिल इक्विटी फण्ड  र नबिल ब्यालेन्स फण्ड २ ले फागुन महीनाको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । उक्त वित्तीय विवरण अनुसार यी दुबै योजनाको सूचीकृत शेयरमा लगानी बढेको छ ।  

नबिल ब्यालेन्स फण्ड २ को माघ मसान्तसम्ममा सूचीकृत शेयरमा लगानी रू. १ अर्ब २५ करोड २८ लाख रहेकोमा फागुन मसान्तसम्ममा वृद्धि भएर रू. १ अर्ब ३३ करोड ३० लाख भन्दा बढी पुगेको हो । 

त्यसैगरी नबिल इक्विटी फण्डले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा  रू. १ अर्ब ५७ करोड रहेको छ ।  माघ मसान्तमा योजनाले रू. १ अर्ब ५४ करोड सुचिकृत शेयरमा लगानी गरेको थियो । 

Read More