पैसा बोक्ने युगको अन्त्य : नोट अब झन्झटको भारी !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पैसा बोक्ने युगको अन्त्य : नोट अब झन्झटको भारी !

मुद्राको आविष्कार भएको दिन पक्कै पनि विश्व चकित थियो । मानिसलाई लागेको थियो, अब वस्तुविनिमयका सबै झन्झटबाट मुक्ति पाइनेछ । सही पनि हो, वस्तुविनिमयको ज्यादै अप्ठेरो, अव्यावहारिक र असहज प्रणालीबाट मानिसले मुक्ति पनि पायो । तर, मुद्रा प्राप्तिको खुसी मानिसका लागि आमखुसीजस्तै क्षणिक नै रह्यो । कारण, यसबाट मानिसका झन्झट समाप्त भएनन् । पहिले वरदान मानिएको धातुमुद्रा विस्तारै विनिमयको असहज माध्यम सावित हुँदै गयो । ठूलो परिमाणमा भुक्तानी गर्नुपर्दा यसको प्रयोग निकै असहज थियो । जीवन सरल बनाउन सहज विकल्पको खोजी गर्नु मानवीय स्वभाव नै हो । निरन्तर खोज–अनुसन्धानमा सक्रिय मानव कागजी मुद्राको आविष्कार गर्न सफल भयो ।

कागजी मुद्राको मुद्रण बैंकिङ क्षेत्रको क्रान्तिकारी कदम थियो । तर, आज त्यही क्रान्तिकारी छलाङ लगाएर आएको नोटको प्रयोग मानिसलाई झन्झटिलो लाग्न थालेको छ र वास्तवमै यो झन्झटिलो बन्दै पनि गएको छ । किन त ? जबाफको केन्द्रमा समय रहन्छ । यसको केन्द्रीय कारण समय हो, जसका परिधिमा समयानुकूल समाजको विकासक्रम, असीमित र अतृप्त मानवीय आवश्यकता, तिनको पूर्तिका लागि भइरहेका खोज–अनुसन्धानमा मानवले प्राप्त गरेको अपार सफलता, आवश्यकताको निरन्तर बदलिरहने लोचदार चरित्र, मानवको जीवन सरल बनाउने चाहना र सुविधाभोगी गुण, नवीन प्रविधिको उपयोगमा मानिसको बढ्दो आकर्षणलगायत रहन्छन् ।

Read More