डिजिटल पेमेन्टमा बढ्दो प्रतिस्पर्धा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल पेमेन्टमा बढ्दो प्रतिस्पर्धा

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीले नगद कारोबारमा केही संकुचन ल्यायो । नोटमा कोरोना भाइरस बस्ने र सर्न सक्ने आयु पनि पर्याप्त हुने भन्दै धेरै मानिस नगदको कारोबारमा डराए । नेपालमा पनि नगद कारोबार गर्न आमउपभोक्ता केही हच्चिए । यसै अवसरलाई मध्यनजर गर्दै नियामक निकाय नेपाल राष्ट्र बैंकले ‘डिजिटल पेमेन्ट’ अर्थात् विद्युतीय भुक्तानीका लागि क्यूआर कोडको प्रयोगलाई बढावा दियो । तरकारी पसल, मन्दिरको भेटी, चियापसल हुँदै अहिले किनमेलमा क्यूआर कोडको प्रयोग बढेको छ ।
केही सेकेन्डमै भुक्तानी गर्न सकिने तथा डाटाहरू एकैपटक पढ्न सक्ने क्षमता राख्ने भएकाले क्यूआर कोडको प्रयोगमा व्यापकता आएको छ । बैंकहरूले सेवाग्राहीहरूको मोबाइलमा विभिन्न प्रणालीमार्फत क्यूआर कोड रिडरको सेवा दिन्छन् । बैंकहरूले दिने प्रणालीमा इन्टरनेट बैंकिङसम्बन्धी कुनै पनि एप्स वा बैंककै एप्सहरू हुन सक्छन् । कुनै पनि कर्पाेरेट हाउसमा सेवाग्राहीले नोट नबोकीकनै स्मार्ट मोबाइल भएको खण्डमा मोबाइलबाटै पैसा तिर्न सकिने गरी बैंकहरूले प्रणाली विकास गरेका छन् । त्यस्तै यता डिजिटल भुक्तानीमा संलग्न वालेट कम्पनीहरू पनि आफ्ना सेवा विस्तारमा तीव्र रूपमा लागेका छन् ।

यसका लागि कुनै पनि बैंक वा वालेट सेवाप्रदायक कम्पनी आफ्ना सेवाग्राहीहरूलाई क्यूआर कोडमा आबद्ध गर्न उनीहरूले लिने सेवासँग पनि आबद्ध हुनु जरुरी छ । यसका लागि नेपालका दूरदराजमा पनि कनेक्टिभिटीको पहुँच पु-याई सबै सेवाग्राहीलाई डिजिटल पेमेन्टमा आबद्ध गर्न सकिए धेरै फाइदा पुग्ने देखिन्छ । यो प्रविधि उपयोग गर्न इन्टरनेटको पहुँच प्रमुख आवश्यकता भएकाले देशभर क्यूआर कोड प्रणालीबाट भुक्तानी गर्न सकिने प्रक्रियाका लागि देशभर कनेक्टिभिटी पु-याउनु जरुरी छ ।

Read More