ज्योति विकास बैंकको क्यू आर कोड भुक्तानी सेवा रुपन्देहीकाे अमुवामा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकास बैंकको क्यू आर कोड भुक्तानी सेवा रुपन्देहीकाे अमुवामा

ज्योति विकास बैंकले रुपन्देहीको अमुवाबजार तथा बजार वरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ।अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवाबजारमा ५० ओटा भन्दाब ढी क्यू आर कोड वितरण गरेको छ।
बिहीबार आयोजित क्यूआर भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुखकार्यकारी अधिकृत चन्द्रभट्ट, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिंग प्रमुख सुदीप ढकालले अमुवाबजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गर्नुभएको थियो।साथै कार्यक्रममा क्युआर सम्बन्धि विभिन्न जानकारी समेत प्रदान गरिएको थियो।

Read More