सिडीएस एण्ड क्लियरिङ (सिडीडिएससी)को सर्भर अपग्रेड गर्नको लागि ५ कम्पनीले प्रस्ताव पेश गरेका छन् । मेरोशेयरको सर्भर अपग्रेड गर्नको लागि सिडीएसले शिलबन्दी बोलपत्र आह्वान गरेकोमा ५ कम्पनीले प्रस्ताव पेश गरेका हुन् ।
प्रस्ताव पेश गर्नेमा सीएएस ट्रेडिङ, साइपर टेक्नोलोजी, दृष्टि टेक, म्याक्स इन्टरनेशनल, सश्त्र नेटवर्क सोलुसन लगायत रहेका छन्। अब पेश भएका प्रस्तावको आधारमा सिडीएसले यी ५ मध्ये एक कम्पनीलाई सर्भर अपग्रेडको ठेक्का दिने छ ।
सिडीएसले सर्भर तत्काल आवश्यक पर्ने भएकोले सम्झौता भएको ७ दिनभित्र सर्भर दिन सक्ने कम्पनीलाई मात्र आवेदन दिन आग्रह गरेको थियो। प्रयोगकर्ता बढेसंगै मेरोशेयरको सिस्टमले लोड नधान्ने समस्या बढेपछि सिडीएसले सर्भर अपग्रेड गर्न लागेको हो । विशेष गरि आईपिओ निष्काशन भएको बेलामा र आईपिओको नतिजा सार्वजनिक भएको बेलामा मेरोशेयरमा समस्या देखिने गरेको छ । ति समयमा प्रयोगकर्ताको संख्या बढेर वेबसाइट नै नखोल्ने समस्या देखिने गरेको छ ।




