काठमाडौं । पछिल्लो समय शेयर बजार र सार्वजनिक शेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षण बढ्दो रहेको छ । पछिल्लो समय नेपाल पूर्वाधार बैंकको प्राथमिक शेयरको निष्कासनका बेलामा सर्वसाधरणको शेयर प्रति आकर्षण बढेसंगै डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म डिम्याट खाताको संख्या ३२ लाख ७२ हजार ७६४ पुगेको हो । गत साउन मसान्तसम्म डिम्याट खाताको संख्या १८ लाख ५ हजार ६०७ रहेको थियो । साउन महिना यता करिब १५ लाख हितग्राही खाता खोलिएको छ ।





