बैंकहरूले दिन थाले डलर कार्ड, कसरी लिने- कति लाग्छ शुल्क?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकहरूले दिन थाले डलर कार्ड, कसरी लिने- कति लाग्छ शुल्क?

नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले प्रिपेड डलर कार्ड प्रदान गर्न थालेका छन्।

एनएमबि, नबिल लगायत बैंकहरुले यस्तो कार्डको सुरुआत गरिसकेका छन्। अरु वाणिज्य बैंक र विकास बैंकहरुले पनि यस्तो कार्ड प्रदान गर्नेछन्। 

अनलाइनबाट खरिद गरिने विदेशी सामान तथा सेवाको शुल्क यसै कार्डमार्फत भुक्तानी गर्न पाइन्छ। अलिबाबा, अमेजन लगायत अनलाइन सपिङमार्फत खरिद गरिएको सामानको भुक्तानी कार्डबाट गर्न सकिने एनएमबि बैंकका कार्ड डिपार्ट प्रमुख मन्दिप भट्टराईले बताए।

‘नेटफ्लिक्सबाट फिल्म हेर्न चाहने वा शुल्क तिर्नुपर्ने अरु मनोरञ्जनात्मक कार्यक्रमको पनि कार्डबाटै भुक्तानी गर्न मिल्छ’ सेतोपाटीसँगको कुराकानीमा उनले भने। त्यस्तै अनलाइनबाट गरिने विज्ञापन खर्चको शुल्क पनि कार्डमार्फत तिर्न सकिन्छ।

यस्तो डलर कार्ड लिनका लागि बैंकमा खाता भने हुनुपर्छ। खाता नभएको अवस्थामा खाता खोल्न सकिन्छ। एनएमबि बैंकले ५ वर्षसम्मको अवधिका लागि यस्तो कार्ड जारी गर्ने गरेको छ।

Read More