बैंकमा ३ अर्ब ४५ करोड रुपैयाँ मुद्दति निक्षेप राख्दै केन्द्रीय बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकमा ३ अर्ब ४५ करोड रुपैयाँ मुद्दति निक्षेप राख्दै केन्द्रीय बैंक

काठमाडौं : केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले १ वर्षे मुद्दति निक्षेपमा  लगानी गर्न लागेको हो । बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म अवधिका लागि लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लागानी गरिने उल्लेख छ । बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ७६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५१ करोड ७५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १७ करोड २५ लाख रुपैयाँ लगानी गर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाइ आवेदन दिनुपर्नेछ । बैंकले यही चैत १३ गते अपराह्न १ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन बुधबार एक सूचनामार्फत आग्रह गरेको छ ।

Read More