राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने

नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ४५ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । 

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको हो ।  

बैंकले हिजो मंगलबार एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ । 

बैंकले २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो । 

केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई रु १७ करोड २५ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु ५१ करोड ७५ लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा रु का रु दुई अर्ब ७६ करोड लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको छ । 

Read More